विराटनगर, १५ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।
उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना कांग्रेसको पनि रहेको जिकिर गर्दै सो कुरा बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।
नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा बिहीबार बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार जनभावनालाई कदर गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया