सिरहा, १९ वैशाख । सवरी संकल्प समाज गोलबजार सिरहाले अन्तर्राष्ट्रिय मजदुर दिवसमा मजदुर समुदायका ८५ जना मुसहर समुदायका बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गर्दै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएका छन् ।
कृषि तथा दैनिक मजदुरी गरेर जिवनयापन गर्ने गोलबजार नगरपालिकाका मुसहर समुदायका ८५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरि मजदुर दिवस मनाएका हुन् । मई १ मा मनाईने अन्तर्राष्टिय मजदुर दिवसको अवसरमा मजदुर समुदायका बालबालिकाहरुको शैक्षिक निरन्तरताको लागी शैक्षिक सामग्री वितरण तथा बालबालिकाहरुको प्रोतसाहान कार्यक्रम आयोजना गरि बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएका थियो ।
अर्काको खेतमा मजदुरी गर्ने, इटा भटामा काम गर्ने, घर निर्माणमा काम गर्ने, टयाकर चालक र मजदुरीका लागी विदेसीयएका मुसहर समुदायका कक्षा ५ देखी कक्षा १० सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गरि बालबालिकाहरु शिक्षा प्रति प्रोत्साहित गरेका थिए ।
कार्यक्रममा मुसहर समुदायका पहिलो डाकटर तथा सिरहा जिल्ला अस्पतालका निमित प्रमुख डाक्टर दिलिप सदाको प्रमुख अतिथ्यमा सम्मपन भएको उक्त कार्यक्रममा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै उहाले समाजाजिक परिवर्तणका लागी शिक्षामा जोड दिन आग्रह गरे थिए । उनले आफु पनि मजदुर कै छोरा हु, मजदुरको काखबाट डाक्टर बन्न सक्छ भन्ने प्रमाणित उदाहरण स्वय रहेको बताएका थिए । सरकारले मजदुर दिवसमा सार्वजानिक विदा दिए मात्र मजदुर समुदाय प्रतिको जवाफदेहीता पुरा नहुने अवगत गराउदै यस समुदायका बालबालिकाहरुको शिक्षाको लागी विशेष ब्यबस्था गर्नु पर्ने जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया