बारा, २४ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयमा अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ को औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन समुद्धघाटन तथा शिलालेख अनावरण एवं सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
बिभिन्न ७५७ जना दाताहरुको सहयोग तथा १ करोड २० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालयको भवनलाई शिलालेख अनावरण गर्दै समुद्धघाटन गरेका हुन् ।
उनले भने– दाताहरुले गरेको दान पुण्य एकदमै प्रशँसनिय छ । दान गर्नु यज्ञ गरे बराबर हुन्छ । त्यसैले सामाजिक दान पुण्यले समाजमा समेत प्रतिष्ठा बढ्छ ।
आफु पनि सामुदायिक बिद्यालयमा नै अध्ययन गरेको स्मरण गराउँदै सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तरोन्नोती गर्न सके निजी विद्यालय भन्दा कम नहुने र क्षमतावान बिद्यार्थीहरु उत्पादन हुने बिश्वास व्यक्त गरे ।
साथै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न समेत आग्रह गरेका छन् । २०३८ सालमा स्थापना भएको सो बिद्यालयमा अहिले प्लस २ सम्मको अध्ययन अध्यापन भईरहेको छ ।
बिद्यालयको पुरानो भवन एकदमै जिर्ण अवस्थामा पुगेकोले दाताहरुबाट सो रकम सँकलन गरी १ करोड २० लाखको लागतमा २ तल्ले बिद्यालयको भवन निर्माण गरेका छन् ।
कार्यक्रममा भवन निर्माणमा सहयोग पुरयाउने दाताहरुलाई सम्मान गरिएको थियो भने अभिभावक , बिद्यार्थी तथा नागरिक समाजको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया