समुदाय–प्रहरी साझेदारीअन्तर्गत प्रशंसापत्र वितरण

समाचार

1/29/2020

बर्दिया, १५ माघ । समुदाय–प्रहरी साझदारी कार्यक्रमअन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रदान गरिएको प्रशंसापत्र मंगलबार आयोजित एक कार्यक्रबीच बाँसगढी नगरपालिकालाई प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले उक्त प्रशंसापत्र सो नगरपालिकालाई प्रदान गरेका हुन् ।

“समुदाय–प्रहरी साझेदारी” कार्यक्रमको कार्यान्वयनमा उल्लेखनीय योगदान पु¥याए बापत उक्त नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको हो ।

कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख तथा बाँसगढी नगरपालिका “समुदाय–प्रहरी साझेदारी” समिति संयोजक शालिकराम अधिकारी, सोही नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, बाँसगढी नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, समाजसेवी, भद्रभलादमी, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय नागरिकहरु उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ