समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार

5/26/2019

बारा, ११ जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय सिमराको आयोजनामा सिमरा स्वास्थ्य चौकीको सहकार्यमा जीतपुर सिमरा उपमहानगरपालिका १६ टांगिया बस्तीस्थितमा रहेको वडा कार्यालयमा एक दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएको उक्त शिविरमा ४ लाख रुपैयाँ बराबरको निस्शुल्क औषधी वितरण समेत गरिएको थियो । उक्त शिविरमा जनरल फिजिशियन, नाँक, कान, घाटी, रोग, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, स्त्रीरोग सम्बन्धी सेवा, दन्त्तरोग सम्बन्धी सेवा प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ