समुदाय प्रहरी साझेदरी पत्रमा हस्ताक्षर

समाचार

10/28/2018

राकेश यादव, रौतहट, ११ कार्तिक । रौतहट जिल्लाको ९ वटा स्थानीय तहसित समुदाय प्रहरी साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

समाजमा रहेको विसंगति विकृति ,आपराधिक क्रियाकलापलाइ उन्मूलन गरी शान्ति सुरक्षा कायम गर्ने उदेश्यले नेपाल सरकारको गृह मंत्रालय तथा प्रहरी प्रधान कार्यालयले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ८ नगरपालिका तथा १ गाउपालिकाका प्रमुख र प्रहरी उपरीक्षक केदार ढकाल विच हस्ताक्षर पत्रमा हस्ताक्षर भएका हुन् ।

नेपाल प्रहरी ,स्थानीय तह , सामाजिक सस्था र विद्यालय सित सहकार्य गर्दै समाजमा शान्ति स्थापना गर्दै जाने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालयको परिसरमा आयोजित कार्यक्रम विच गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता , राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह , देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल , कटहरिया नगरपालिकाका प्रमुख नूरजहा खातून , माधव नारायण नगरपालिकाका प्रमुख वीरेन्द्र प्रसाद यादव , गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादव , वृन्दाबन नगरपालिकाका राम स्नेही राय यादव , गढ़ीमाई नगरपालिकाका प्रमुख श्याम प्रसाद यादव र दुर्गा भगवती गाउ पालिकाका अध्यक्ष अरुण साहले समुदाय प्रहरी साझेदारी पत्रमा हस्ताक्षर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ