समुदाय साझेदारी प्रहरी वडा समिति गठन

समाचार

1/13/2019

बारा, २८ पुस । कलैया उप महानगरपालिकाको वडा नं. ९ मा एक कार्यक्रमका बीच समुदाय साझेदारी प्रहरी वडा समिति गठन गरिएको छ ।

स्थानीय महिलाहरूको उत्साहजनक सहभागितामा वडा नं. ९ का वडा अध्यक्ष डा. अख्तर आलम अंसारीको संयोजकत्वमा गठन भएको सो समितिको सहसंयोजकमा अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख हरि प्रसाद भुसाल रहेका छन् भने वडा नंं ९ का वडादस्यहरू श्रीमति सुशीला देवी लोहारिन, भागमती देवी पासवान, महन्थ महतो, लक्षमण चौधरी चौहान सदस्य रहेको समाचारमा जनाइएको छ ।

त्यसैगरी समितिको सदस्य सचिवको जिम्मेवारी अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी हवल्दार सुदर्शन प्याकुरेलले पाएका छन् भने आमा समुह (महिला समुह, वडा नं. ९ का सम्पतिया तुरहीन, सकिल अंसारी लगायत सदस्यहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ