म्याद सकिएका सामानहरुको बिगबिगी

समाचार

10/24/2019

भैरहवा, ७ कार्तिक । चाडपर्वको समयमा देशभरी नै अखाद्य सामानहरुको बिगबिगी भएको गुनासो बढ्ने गरेको छ । त्यसै गुनासो बढ्न थालेपछि नगरक्षेत्रभित्र रहेका किराना, खाद्यान्न, होटल तथा मिठाई पसलहरुमा सिद्धार्थनगर नगरपालिकाले बुधबार अनुगमन गरेको छ ।

नगरपालिकाको अनुगमन समितिले वडा नम्बर ५ र ६ मा रहेका खाद्य पसल तथा होटलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तु भेटिएपछि बरामद गरिएको अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिए ।

बढी ग्राहकको भीड लाग्ने खाद्यान्न र मिठाई पसललाई लक्षित गरेर अनुगमन गरिएको थियो ती पसलहरुमा केही न केही त्रृटिहरु पनि फेला परेको थियो । अनुगमन टोलीले खाद्यान्न पसल तथा होटलमा गरी १० वटामा अनुगमन गरेको थियो त्यसमध्ये एउटा पसलमा बाहेक अरु सबैमा त्रृटि भेटिएको थियो । त्यसरी म्याद सुकिएका साम्रगीहरु अनुगमन समितीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ