विराटनगर, १४ पुस । सीमावर्ती भारतीय क्षेत्रमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका छन् ।
विराटनगर भन्सार नाका नजिकै रहेको मिरगञ्ज पुल सञ्चालनमा आएपछि भारतमा रोकिएका करिब दुई हजार ट्रक नेपाल प्रवेश गर्न थालेका हुन् ।
विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारत बथनाहको मिरगञ्ज पुल नौं दिनपछि सञ्चालनमा आएपछि रोकिएका ट्रक आउन थालेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए ।
पुल मर्मतको लागि भन्दै भारतले डिसेम्बर १९ देखि मालबहाक सवारी साधन आवत जावतमा रोक लगाएको थियो । लामो समयपछि अवरोध खुलेकाले अहिले भारतबाट नेपालतर्फ आएका मालवाहक सवारी साधनको लामो लाइन लागेको छ ।
तपाईको प्रतिक्रिया