जनकपुरधाम, २४ पुस । मधेश आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाईने बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष वीरगंजमा विशेष समारोहको आयोजना गरी मनाउने भएको छ ।
प्रदेश सरकार मन्त्री परिषद्को बिहिबार सम्पन्न बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए । प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहनेछ ।
उक्त कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ । २०६३ साल यता मधेश केन्द्रित दलहरुले शहीदहरुको सम्झनामा मनाउँदै आएका बलिदानी दिवस गत वर्ष देखी प्रदेश सरकारले मनाउन थालेको हो ।
गत वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया