सीमा अपराध तथा कालाबजारी नियन्त्रणका लागि अभियान सुरु

समाचार

10/1/2018

रुपन्देही, १५ असोज । सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भैरहवाले विशेष अभियान सुरु गरेको छ । सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध ओसार पसार, सिमा अपराध तथा कालाबजारी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल कडाईका साथ लागेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भैरहवाले जनाएको छ ।

सशस्त्र प्रहरी बल गुल्मले जिल्लाका सबै क्षेत्रमा तस्करी तथा कालाबजारी रोकथामका लागि मोबाइल गस्ती, घुम्ती चेकजाँच, सादा पोशाकका विशेष टोली परिचालन, सीमा तस्कर नियन्त्रणका लागि स्थानीयहरुसँग सहकार्य र सञ्चारकर्मीसँग छलफल जस्ता अभियानलाई अगाडी सारेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भैरहवाका प्रमुख सशस्त्र प्रहरी नायक उपरीक्षक गोविन्द बहादुर खातीले बताए ।

चाडपर्वको समयमा अझ तस्करहरु सलबलाउने भएकाले पनि यसलाई पूर्ण नियन्त्रण गर्ने प्रयासमा आफूहरु रहेको भन्दै गुल्मका प्रमुख खातीले रुपन्देही अबका केहि समय पछि तस्करी शुन्य गराउने अभियानमा रहेको बताए । गुल्मले भदौ महिनामा मात्र भारतबाट अबैध रुपमा नेपाल भित्रिएका लाखौको समानहरु वरामदगरेको छ ।

सिमाक्षेत्र देखी जिल्लामा सबै नाकाहरुमा सादा र पोशाकमा सशस्त्र प्रहरी परिचालित रहेको छ, जहाँ तस्करी भएको देखिन्छ त्यहि नियन्त्रण लिने र सिमा अपराधको गन्धमात्र थाहा पाए त्यसलाई डिस्ट्रोय गर्ने लक्ष्य रहेको खातीको भनाई छ ।स्थानियहरु समेत सशस्त्रको नयाँ अभियान बाट खुसीयाली भएको बताउदै बेलहिया गाँउ समाजका निर्बतमान अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्चका रुपन्देही अध्यक्ष सुरेन्द्र क्षेत्रीले तस्कर र सिमा अपराध रोकथाममा आफुहरुको पनि सहयोग हुने वताए ।

भैरहवा भंसार कार्यालयले समेत राजस्व गस्तीको अभियानले भंसारमा राजस्व बृद्धी भएको भन्दै तस्कर नियन्त्रणमा सशस्त्रले यस्ता अभियानलाई तिब्रता दिनुपर्नेमा वताएका छन। भैरहवा भंसार कार्यालयका प्रमुख भुपालराज शाक्यले सशस्त्र प्रहरीले चालेको अभियानले भंसार राजस्व बढेको भन्दै उनिहरुले भंसारको लक्ष्य अनुसार काम गरेको वताए ।

गुल्मले असोज महिनामा मात्र लाखौको भंसार छलि गरि भारत बाट नेपाल तर्फ आएको अबैध समानहरु नियन्त्रण लिएर भैरहवा भंसार कार्यालय र राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ । असोजमा मात्र ५ लाखभन्दा बढी को अबैधसामान बरामद गरेको छ ।

गुल्मले असोज ७ गते सशस्त्र प्रहरी नायक उपरिक्षक गोबिन्द बहादुर खातीको नेतृत्वमा गस्तीमा रहेको बेला बेलहिया क्षेत्र बाट भन्सार छलि आएको २ लाख ५७ हजार मुल्य बरावरको लत्ता, कपडा ,किराना समान र स्टेशनरी सशस्त्र प्रहरी निरिक्षक सुरज रिजालको नेतृत्वमा अबैधरुपमा भारत बाट आएको २१ बोरा प्लास्टिक समान कुचो पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय रुपन्देहीमा छन । नक्कली बिलबनाएर लैजाने क्रममा सुर्य कुचो उद्योग शान्तिनगरको भ्याट बिल बनाएर बुटवल तर्फ जादै गर्दा सशस्त्रको नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ