नेपाल–भारत सीमा नाका ४८ घण्टाका लागि बन्द

समाचार

10/20/2019

दमक, ३ कार्तिक । झापासँग सिमा जोडिएको नेपाल–भारतको सीमा नाका शनिबार साँझ ५ बजेदेखि बन्द गरिएको छ । 

केहि समय अघि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच भएको छलफलमा कार्तिक २ गतेदेखि ४ गतेसम्म (४८ घण्टा) विहारसँग सिमा जोडिएको क्षेत्रमा बोर्डर बन्द गर्ने सहमति भएको थियो । 

विहार राज्य स्थित किशनगञ्ज जिल्लामा कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनमा घुसपैठ नहोस भनेर शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीले जानकारी दिए ।

भद्रपुर नगरपालिकासँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका सिल हुने प्रहरीले जनाएको छ । निर्वाचनलाई लक्षित गरेर सिमा क्षेत्रमा भारतीय प्रहरीको गस्ति पनि बढेको छ । यसभन्दा निर्वाचनको समयमा दुइ देशको सीमा नाका बन्द हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ