सीमा प्रहरी चौकीको भवन उद्घाटन

समाचार

6/21/2019

धनुषा, ६ असार । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले बिहीबार आयोजित एक कार्यक्रमवीच नगराईन नगरपालिका २ जटही टोलमा नवनिर्मित सीमा प्रहरी चौकी लग्मा जटहीको कार्यालय तथा व्यारेक भवनको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पालले नयाँ भवनको निर्माणसँगै नयाँ तरिकाले प्रभावकारीरुपबाट सेवा प्रदान गर्नुपर्ने बताए ।

शान्ति सुरक्षा कायम तथा सीमावर्ती अपराध नियन्त्रण र तस्करी रोक्ने कार्यमा सीमा प्रहरी चौकीको भूमिका अझ बढी जिम्मेवार र संवेदनशील हुने हुँदा प्रहरी कर्मचारीहरुलाई लगनशील भई कार्य गर्न उनले निर्देशन दिए ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत महिला हिंसा, मानव वेचबिखन, महिला, वालवालिका र जेष्ठ नागरिक उपर हुने अपराध र व्यक्तिको सुरक्षा लगायत विविध विषयहरुसँग सम्बन्धीत सूचनाहरु समयमै प्रहरीलाई उपलव्ध गराई साझेदारी अभियानलाई सार्थक बनाउन समेत उनले आग्रह गरे ।

नेपाल प्रहरी भौतिक पूर्वाधारमा आत्मनिर्भर हुँदै जाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको कार्यालय र ब्यारेक सहितको ११ कोठा भएको उक्त भवन आरसिसि फ्रेम स्ट्रक्चरमा निर्माण सम्पन भएको सो अवसरमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ