काठमाडौं, १९ माघ । नेपाल र चीनबीचको सीमा विवाद टुंग्याउन तथा सीमाक्षेत्र व्यवस्थापन तथा नियमनका लागि संयुक्त आयोग गठन हुने भएको छ ।
दुई देशबीच भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सन्धि अनुसार आयोग गठन हुन लागेको हो । गत २८ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सन्धिलाई स्वीकृत गरेको हो ।
गृह मन्त्रालयका अनुसार सीमा व्यवस्थापनका लागि आयोगअन्तर्गत तीन तहको संयन्त्र हुनेछ । पहिलो संयन्त्रको नेतृत्व दुवै देशका गृह मन्त्रालयअन्तर्गत सीमा हेर्ने सहसचिवले गर्नेछन् ।
त्यस्तै, दोस्रो तहमा अध्यागमन विभागका प्रमुख तथा तेस्रो तहमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा चीनको तर्फबाट काउन्टी प्रमुखको संयन्त्र हुनेछ ।
तपाईको प्रतिक्रिया