सीमा विवाद वार्ताबाट समाधान : मन्त्री ज्ञवाली

समाचार

12/27/2019

पाल्पा, ११ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् ।

पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए ।

मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको दाबी गरे ।

पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ