सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ : मन्त्री भट्टराई

समाचार

12/22/2019

गोरखा, ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् ।

गोरखा नगरपालिका–४ पिपलथोकमा आयोजित एक कार्यक्रममा उनले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताए ।

‘हामी कसैको भूमिमाथि पनि आँखा लगाउँदैनौं, हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस्, हाम्रो भूमिमाथि गलत ढंगबाट आँखा नलगाइयोस्,’ मन्त्री भट्टराईले भने, ‘भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ