सीमा सुरक्षा बलद्वारा संयुक्त गस्ती अभियान

समाचार

1/7/2019

काठमाडौं, २३ पुस । भारत र नेपालका सीमा सुरक्षा बलले सीमा क्षेत्रमा संयुक्त गस्ती अभियान संचालन गरेका छन् ।

इलामाको सीमा क्षेत्रमा हुने अपराधलाई संयुक्त गस्ती तथा आपसी तालमेलमार्फत नियन्त्रण गर्नु र लगातार सम्पर्क स्थापित गर्नु भारत र नेपालका सीमा सुरक्षा बलको उद्देश्य रहेको छ ।

संयुक्त गस्ती अभियानमा भारतका सशस्त्र सीमा बल एसएसबीको ४१ औं बटालियनका जवानहरू तथा नेपालका तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफका जवानहरूले भाग लिएका छन् ।

भारतीय एसएसबीका अनुसार यस संयुक्त गस्ती अभियान सीमा स्तम्भ १०१ देखि १०२ सम्म चलाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ