रुपहन्देही, २२ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई फोहोरमुक्त बनाउने कार्यक्रमको सुरुवात गरेको छ ।
सीम नेपाल नामक संस्थाले तिलोत्तमा नगरपालिकाको सहकार्यमा आयोजनाको अयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वासुदेव घिमिरेले भने, –नगरलाई फोहोर मुक्त बनाउन आयोजना गरिएको छ , हामी नगरवासी विशिष्ट, शिक्षित र सचेतना नागरिक हौँ भन्ने परिचय दिन पनि फोहोरमुक्त नगर बनाउने अभियानमा सबैले हातेमालो गरौँ ।
खासगरी प्लास्टिकजन्य फोहोरबाट नगरलाई मुक्त बनाउन यसअघि नै प्लास्टिक झोला प्रयोगलाई निषेध गरिएको नगरप्रमुख घिमिरेले बताए ।
तपाईको प्रतिक्रिया