सरकारले धोका दिएको भन्दै उखु किसानद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

समाचार

2/2/2020

काठमाडौं, १९ माघ । उखु किसानहरुको सम्पूर्ण भुक्तानी गत माघ ७ गतेसम्म गर्ने नेपाल सरकारले गरेको लिखित सम्झौता पूरा नगरेको भन्दै उखु किसान संघर्ष समितिले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

गत पुस १८ गते उद्योग मन्त्रालयमा सरकारी पक्ष र उखु किसान संघर्ष समिति सर्लाही–४ बीच माघ ७ गतेसम्म चिनी मिल मालिकहरुले सरकारले दिनुपर्ने रकमसहित सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराउने सहमति भएको थियो ।

सरकारले किसानहरुसँग गरेको सहमति पालना नगरेकोले तेस्रो चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फागुन ५ गतेसम्म उखु किसानहरुको बक्यौता रकमको विवरण गाउँ–गाउँमा पुगी संकलन गर्ने, फागुन ६ गतेदेखि १९ गतेसम्म उखु किसानहरुले उपवास बसी खेतमा काम गर्ने विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, फगुन २२ गतेदेखि चैत २ गतेसम्म चलु काठमाडौं, भरु काठमाडौं कार्यक्रमको तयारीका लागि प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने र चैत ४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनसन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

किसान हरुको तय कार्यक्रम अनुसार माघ १८गते किसानहरु भेला भई सरकार द्वारा लिखित समझौता गरे पनि हाल सम्म भुक्तानि नगरेकोले राजपा सह महामन्त्री एवं सांसद प्रत्याशी राकेश मिश्रा को नेतृत्वमा तेस्रो चरणको आन्दोलको कार्यक्रम तय गरिएको छ।

No photo description available.
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ