काठमाडौं, ११ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सीमा समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
उनले सरकारले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि पहल गरेपछि नै भारतले वार्ताका लागि पत्र पठाएको बताएका हुन् ।
पूर्वदेखि पश्चिमसम्मका सबै सीमा विवादका बारेमा नेकपाको अविचलित अडान रहेको उनले बताए । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
जब लिम्पियाधुराको कुरा उठ्दा शेरबहादुर देउवादेखि सबै दलका नेताहरुको उपस्थिति थियो । सबैले एक ठाउँमा उभिएर सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।’ उनले भने ।
भारत वार्ता गर्न तयार देखिएको भन्ने प्रश्नको जवाफमा नेम्वाङले भने, ‘सरकारले पहल गर्यो, त्यसैको जवाफ स्वरुप भारतले वार्ता गर्न तयार छौं भनेर पत्र पठाएको छ ।’
तपाईको प्रतिक्रिया