सरकारले भ्रष्टाचार गरी कार्यकर्ता पाल्ने कार्य गरेको छ : पौडेल

समाचार

4/28/2019

राकेश यादव , रौतहट, १४ बैशाख । रौतहटको राजपुर फरहदवामा नेपाली कांग्रेस जिल्ला कार्य समितिले विशाल जनसभामा सहभागी आयोजना गरेको छ । विशाल जनसभामा सहभागी भएका कांग्रेसका शीर्ष नेताहरुले प्रधानमंत्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार र मधेशवादी दलका नेता प्रति आक्रोश पोखेका छन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले मुलुकमा विकास निर्माणका कार्य नगरी भ्रस्टाचार गरेको आरोप लगाएका छन् । प्रमुख अतिथिको आसन्नबाट बृहद जनसभालाइ सम्वोधन गर्दै पौडेलले वर्तमान सरकार कार्यकर्ता पाल्ने कार्य मात्र गरेको आलोचना गरे ।

कांग्रेसले ठुला–ठुला योजना संपन्न गराएको र सरकारले फोटो खिचाएर प्रचार गर्ने कार्य मात्र गरेको टिप्पणी गरे । उनले भने कांग्रेसले लोकतन्त्र देखि लिएर विकास सम्मको कार्य गरेको हो । यो सरकारले भ्रष्टाचार बाहेक केहि गरेको छैन । नेपाली जनता सित गरेको बाचा समेत पूरा नगरेको यो सरकार पूर्ण असफल रहेको ठोकुवा गरे ।

पौडेलले तराईमा सिचाईको आवश्यकता रहेको बेला प्रधानमंत्री ओली पानी जहाज चलाउने कुरो गर्दै आएको टिपण्णी गरे । १५ महीना हुन लाग्दा पनि ठुला–ठुल्ला योजना सञ्चालन गर्न नसक्ने सरकारको विकास समृद्धिको नारा झूटो सावित भएको बताए । जनतालाइ झुक्याउने कार्य गरेको सरकारले विकासको साटो मुलुकमा भ्रष्टाचार ,अराजकता ,आर्थिक अनियमिता मचाएको दावी गरे ।
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ