‘सुरक्षित बेटी अभियान’ र ‘दुर्व्यसनमुक्त युवा अभियान’ संचालन गरिने : मन्त्री यादव

समाचार

1/6/2020

जनकपुरधाम, २१ पुस । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशमा सुरक्षित बेटी अभियान र दुर्व्यसनमुक्त युवा अभियान सञ्चालन गर्न लागिएको बताएका छन् ।

सोमबार जनकपुरधाममा यूनिसेफको सहयोगमा लाईफ नेपालद्वारा संचालित बालबिवाह अन्त्य र यू रिपोर्टमा अन्तरपुस्ता संवादका लागी किशोर किशोरी र युवा सहभागिता कार्यक्रम अन्तर्गत भएको प्रदेश स्तरिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले सरकार, नागरिक समाज र निजि क्षेत्रको समान दायित्व बोध बिना समृद्ध समाजको परिकल्पना साकार गर्न नसकिने बताए ।

मन्त्री यादवले वर्तमान अवस्थाको ठोस विश्लेषणमा आधारित रणनीतिक कार्ययोजनाको तयारी र सरोकारवालाहरु विचमा तथ्यपरक रुपमा समन्वय र सहकार्य गरि सो कार्ययोजनाको कार्यान्वयन गरिए मात्र सामाजिक मुद्दाहरुमा सार्थक प्रतिफल सहितको काम गर्न सकिने बताएका हुन् ।

हाम्रो समाजबाट बालबिवाह अन्त्य गर्न तथ्यपरक तथा एकद्वार प्रणालीअन्तर्गत सबै सरोकारवाला पक्षले काम गरे मात्र सम्भव हुने र त्यसका लागि मन्त्रालयले सुरक्षित बेटी अभियान र दुर्ब्यसन मुक्त युवा अभियान संचालन गर्न लागेको समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ