सप्तरी, ३ माघ । नेपाली सेनाले आफ्नै लगानी र श्रमदानबाट निर्माण गरेको सुरक्षित तथा लकरसहितको सुविधा सम्पन्न दुई वटा भवन हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको भीमदलगणले सप्तरीको प्रसिद्घ धार्मिकस्थल छिन्नमस्ता गाउँपालिका–३ स्थित मुसहर बस्तीमा सुरक्षित सामुदायिक भवन निर्माण गरेको हो ।
एक कार्यक्रमबीच सो समुदायलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । गरीबीको चरम अवस्थामा रहेका मुसहर समुदायको कष्टकर अवस्था हेरेर गत पुस १५ देखि २४ गतेसम्ममा गणका प्राविधिकसहितको सेनाको टोलीले निर्माण गरेको थियो ।
तपाईको प्रतिक्रिया