सुरक्षा सतर्कता बढाउन उद्योगी व्यवसायीको आग्रह

समाचार

3/4/2019

भैरहवा, १९ फागुन । रुपेन्देहीका उद्योगी व्यवसायीले जिल्लामा रहेका उद्योग प्रतिष्ठानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।

व्यवसायीहरुले राज्यले लगाएको हरेक किसीमका कर तिरीरहेको , राज्यको कानुन अनुसार चलिरहेको तर राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै गुनसो समेत गरेका हुन् ।

आइतबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा आयोजित एक छलफल कार्यक्रममा उद्योगी व्यवसायीका नेताहरुले यस्तो गुनासो गरेका हुन् ।

छलफलमा रुपन्देही सुनचादी व्यवसायी संघका अध्यक्ष एम वि विश्वकर्माले बहुमुल्य धातूको कारोबार गर्ने सुनचादी व्यवसायी सधैं असुरक्षीत हुनुपर्ने बातवरण अन्तय गर्न आग्रह गरेका थिए ।

उनले सुनचादी पसलहरुमा बारम्बार चोरी हुने तर प्रहरी प्रशासनले सधैं चोरको नजिक पुग्यौं भन्ने तर कहिल्यै पक्राउ नगर्ने भन्दै आक्रोस समेत व्यक्त गरे । उनले भने, ‘विगतमा बुटवलमा चोरी बढ्दा सुनचादी व्यवसायीले प्रहरीलाई गस्तीकोलागी ९ वटा साईकल समेत दियो तर ती साईकल हुदा सम्म गस्ती भयो पछि हुन सकेन । प्रहरी सुरक्षा सर्तकतामा अझै क्रियासील हुनुपर्छ । ’

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको संयोजनमा आयोजित छलफलमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानले उद्योगी व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।

उनले विगतमा सुरक्षाकोलागी निजी क्षेत्रले लाखौं रकम संकलन गरेर भैरहवा क्षेत्रमा सिसिटीभि क्यामेरा जडान गरेको भएता पनि त्यसको संरक्षण नहुदा त्यो रकम बालुवामा पानी खन्याए जस्तै भएको भन्दै दुखेसो समेत व्यक्त गरे ।

उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष नारयण प्रसाद भण्डारीले प्रहरी प्रशासनले हरेक समय सुरक्षा सर्तकता बढाउन जरुरी रहेको बताए । उनले निजी क्षेत्र प्रहरी प्रशासनलाई सुरक्षा मजबुत गराउन सधैं तयार भएको भन्दै कुनैपनि अवस्थामा सुरक्षामा कमि हुननहुने बताए ।

बैंकर्स क्लबका रामराज उपाध्यय, सिद्धार्थ सुनचादी व्यवसायी संघका प्रकाशमणी विक लगायतले हरेक क्षेत्रमा प्रहरी सतर्कताका अतिरीक्त सुरक्षाका अन्य उपाय अपनाएर सुरक्षा व्यवस्था मजबुत बनाउने काम राज्यको भएको बताए ।

छलफल कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै पनि कसुर बाकी नराख्ने बताएका छन् । उनले जिललको हरेक क्षेत्रका उद्योगी , व्यवसायी र आम नागरिक सुरक्षीत भएको बताउदैं ढुक्क भएर काम गर्न आग्रह समेत गरे ।

छलफलमा रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले चोरीका घटनाले व्यवसायीमा सृजना भएको त्रासलाई छिट्टै निर्मुल गर्नेगरी प्रहरीले विशेष अनुसन्धान र कारबाहि शुरु गरिसकेको बताए ।

सुरक्षाका लागि सिसिटिभी

रुपन्देही सदरमुकाम भैरहवाको सुरक्षालाई ध्यान दिदैं बजारको मुख्य मुख्य ठाऊ, सुनचादी पसल, बैंक तथा वित्तिय संस्था र निजी प्रतिष्ठानमा सिसिटिभी क्यामेरा जडानकोलागी संयोजन समिती गठन भएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा बसेको सर्वपक्षिय भेलाले भैरहवाको मुख्यमुख्य चौंकमा तत्काल सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको अध्यक्षता, रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापा सहित उद्योगी व्यवसायी र संघसंस्थाका प्रमुखको उपस्थिीतिले उक्त निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेका अनुसार सुरक्षालाई मजबुत बनाउन सिसिटिभी क्यामेरा जरुरी रहेकोले तत्काल कानुन अनुसार जडान गर्ने गरी व्यवसायीसंग छलफल गरी निर्णय गरिएको छ । उनका अनुसार पहिलो चरणमा सिद्धार्थनगर भैरहवामा सिसिटिभी क्यामेरा जडान हुनेछ । त्यसकोलागी प्रशासनमा बसेको सर्वपक्षिय बैठकले एक समिती समेत गठन गरेको छ ।

समितीको संयोजकमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने रहेका छन् । सदस्यहरुमा सिद्धार्थनगरपालिकाका गणेश बहादुर क्षेत्री, जिल्ला प्रशासन कार्यलयका जनक थापा, बैर्कस क्लबबाट रामराज उपाध्यय, जिल्ला प्रहरी कार्यलयबाट कर्णबहादुर गाहा, उद्योग व्यपार संगठनका नारयण भण्डारी, गैसस प्रतिनिधी ज्ञानु पौड्याल र निजी विद्यालय संचालकबाट प्याब्सनका विष्णु पन्थि सदस्य रहेका छन् ।

उक्त समितीले १५ दिनभित्र भैरहवाको सम्बेदनशील क्षेत्र पहिचान गरी आवश्यक क्यामेरा र लागत सहित योजना बनाई कार्य अगाडी बढाउनेछ ।

प्रहरी प्रशासनले सिसिटिभी क्यामेरा जडानसंगै चोरीको समस्या धेरै हदमा स्वतः समाधान हुने अपेक्षा गरिएको छ । अर्कोतिर क्यामेराको सहयोगले चोर पक्रिन सहज हुने अपेक्षा समेत गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार प्रहरी प्रशासनले सम्बेदनशील क्षेत्रको म्यापींग गरेर सुरक्षा सर्तकता समेत बढाएको छ ।

गएको शुक्रबार भैरहवाको बैंकरोडमा रहेको विके ज्वेलर्समा एकाविहानै चोरी भएपछि अहिले व्यवसायीहरु त्रसीत हुदैं प्रहरी प्रशासनमा डेलिगेशन जाने, ज्ञापनपत्र बुझाउने गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ