राजविराज, ११ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिकाका ५ वटा वडा बालविवाहमुक्त भएका छन् ।
नगरपालिकाकाले मंगलवार औपचारीक कार्यक्रमको आयोजना गरी वडा नं. २, ४, ६, ७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद गोविन्द न्यौपानेले नगरपालिकाका ५ वटा वडा बालविवाह मुक्त भएको घोषणा गरे ।
परापुर्वकालमा अभिभावकहरुले जिम्मेवारीवाट चाँडै मुक्त हुने मानसिक्ताका कारण वालकैमा विवाह गरिदिने गरेको भन्दै न्यौपानेले छोराछोरीलाई वोझको रुपमा नवुझन र उनीहरुको उज्वल भविष्यका लागि निर्धाििरत समय पुगेपछि मात्र विवाह गर्न आग्रह गरे ।
उमेर नपुगी गर्ने विवाहले शारिरीक तथा मानसिक रुपमा समस्या जन्माउने भएकाले वालवालिकाको शिक्षा स्वास्थ्य र उनीहरुको भविष्यप्रति जिम्मेवार भएर लाग्न उनले अभिभावकहरुलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया