स्रोत खुलाउन नसकेको सुन, चाँदी, नगद तथा विभिन्न समानसहित पक्राउ

समाचार

6/8/2019

रुपन्देही, २५ जेठ । बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट स्याङ्जा आँधीखोला नगरपालिका ६ स्थायी वतन बताउने ४५ वर्षीय भिम बहादुर भाट क्षेत्रीलाई स्रोत खुलाउन नसकेको सुन र चाँदीको ढिक्का, भारतीय रुपैयाँ लगायतका समान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेका क्षेत्रीलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको करिब २१ तोला ६२ लाल बराबरको सुनको ढिक्का १ थान, करिब १ केजी ९४ ग्राम बराबरको चाँदीको ढिक्का १ थान, करिब ५ तोलाको चाँदीको सिक्का ३ थान र विभिन्न दरका भारतीय रुपैयाँ २ लाख ६१ हजार ७ सय, ४ थान मोबाइल र बिभिन्न कम्पनीका घडी ६ थान सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ