सर्लाहीको चक्रघाटामा व्यापार मेला सुरु

समाचार

4/25/2019

सर्लाही, १२ वैशाख । जिल्लाको चक्रघटा गाउँपालिकामा व्यापार मेला महोत्सवले सुरु भएको छ । सो व्यापार मेला महोत्सवको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका छन् ।

मन्त्री सोनलले व्यापार मेलाले आर्थिक, सामाजिक र सांस्कृति तथा राष्ट्रिय एकतालाई झल्काउने बताएका छन् । मन्त्री सोनलले शहरमा यस्तो मेला महोत्सव भइरहेको भएपनि गाउँस्तरमा यस्तो महोत्सव हुनु निकै सकारात्मक रहेको बताए ।

सोही मेला महोत्सवको उद्घाटन समारोहमा चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले यो महोत्सवले चक्रघटा गाउँपालिकालाई आर्थिक समृद्धितर्फ अगाडि बढन मद्दत पुग्ने बताए ।

घोडामा चढेर मन्त्री सोनलले चक्रघटा मेलाको उद्घाटन गरेका थिए भने जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी पनि सँगै घोडामा चढेर उद्घाटनस्थल पुगेका थिए । यो व्यापार मेला महोत्सवको समापन बैशाख २० हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ