सर्लाहीको बाल मन्दिरमा कम्बल वितरण

समाचार

12/23/2019

मलंगवा, ७ पुस । बढ्दै गएको चिसोबाट बच्नका लागि सर्लाहीको मलंगवामा रहेको बाल मन्दिरमा कम्बल वितरण गरिएको छ ।

मधेश मामिलाका जानकार तथा मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजले सोमबार बाल मन्दिरमा कम्बल हस्तान्तरण गरेका हुन् ।

बाल मन्दिरमा १२ जना अनाथ बालबालिकाहरु छन् । चिसोका कारण प्रभावित भइरहेका बालबालिकाहरुका लागि डा. अहिराजले बाल मन्दिरलाई कम्बल सहयोग गरेको बताएका छन् ।

प्रत्येक वर्ष चिसोका कारण तराई मधेशको जनजीवन प्रभावित हुँदै गइरहेको छ । चिसोबाट सबभन्दा बढी प्रभावित बालबालिका र वृद्धवृद्धा हुने गरेका छन् ।

मधेशमा आइरहने यस्ता प्राकृतिक आपदाहरुबारे डा. अहिराजले आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ