सर्लाही, ६ असार । लागूऔषध दुरुपयोग एवं ओसार–पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीमा सप्ताहव्यापी कार्यक्रम बिहीबारबाट शुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार मलंगवा नगरपालिकाका विभिन्न स्थानमा परिक्रमा गरी जनचेतनामूलक र्याली स्वरुप प्रभातफेरी कार्यक्रम संचालन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सर्लाही तथा समुदाय–प्रहरी साझेदारी जिल्ला समितिको आयोजनामा गरिएको प्रभातफेरी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई, सशस्त्र प्रहरी बलका प्रमुख, समुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, विभिन्न विद्यालयका विधार्थी, शिक्षक तथा सर्वसाधारण समेतको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट शुरु भएको उक्त प्रभातफेरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पुगी भएको थियो ।
तपाईको प्रतिक्रिया