नगर प्रमुख सरावगीद्वारा बैंक उद्घाटन

समाचार

5/9/2019

वीरगन्ज, २६ बैशाख । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एनआइसी एसिया बैंकको उद्घाटन गरेका छन् ।

वीरगन्ज घन्टाघर लिंकरोडमा बुधबारदेखि संचालन प्रारम्भ भएको एनआइसी बैकको नयाँ शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले बैंकहरुले प्रदान गर्ने सेवा ग्राहकमुखी हुनुपर्ने बताए ।

उनले बद्लिँदो अवस्थाअनुसार बैंकहरुको लगानी तथा सेवामा परिवर्तनको आवश्यकता रहेको बताउँदै एनआइसी बैकले प्रदान गर्ने उचित सेवाले उपभोक्ताहरुले पाउने आशा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ