काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् ।
न्यायाधीश जोशीले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति समक्ष पदबाट राजीनामा दिएका हुन् ।
यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।
तपाईको प्रतिक्रिया