जानकी नवमीको अवसरमा सार्वजनिक बिदा

समाचार

5/12/2019

जनकपुरधाम, २९ वैशाख । प्रदेश २ को सरकारले सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ ।

यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ ।

प्रदेश २ सरकारले जानकी मन्दिरको सौन्दर्यीकरण गरेको छ । ढल निर्माण, पोखरीको सरसफाई लगायतको काम तीव्रताका साथ सम्पन्न भइसकेको छ ।

यसपटकको जानकी नवमीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको रुपमा जनकपुरमा आमन्त्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ