सरस्वती पुजा आयोजना गर्दै मैथिल युवा क्लब

समाचार

2/8/2019

काठमाडौं, २५ माघ । विगत १३ वर्षदेखि मैथिल युवा क्लबले काठमाडौंको शान्तिनगरमा सरस्वती पुजा महोत्सव गर्दै आएको छ ।

सोही क्रममा यस वर्ष पनि क्लबले शान्तिनगरस्थित विद्यापति चौकमा आइतबार सरस्वती पुजनोत्सव समारोहको आयोजना गर्दैछ ।

सरस्वती पुजा समितिका संयोजक ठाकुर ऋतुराजका अनुसार आइतबार बिहान ११ बजेदेखि प्रसाद वितरण गरिने र १२ बजेदेखि सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।

यसैगरी, सरस्वती माताको मुर्ति भसान कार्यक्रम सोमबार दिउँसो १२ बजे सुन्दरीजलमा हुने ऋतुराजले मधेशवाणीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ