सिरहाको ठाढीमा बम विस्फोट, २ घाइते

समाचार

12/9/2018

सिरहा, २३ मंसिर । सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

भगवानपुर गाँउपालिका वडा नं. ४ ठाढीमा आइतबार बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिएका छन् ।

विस्फोटमा स्थानीय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारततर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए ।

गाउँको पूर्वी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।

पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । विस्फोटबारे अनुसन्धान भइरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ