सिरहा, ६ माघ । सिरहाको सीमाक्षेत्रमा नेपाल–भारतका स्थानीय र सरकारी पदाधिकारीहरुले संयुक्त मानव साङलो प्रर्दशन गरेका छन् ।
लागुऔषध, मदिरा सेवन तथा बालविवाह र दाईजो प्रथा विरुद्ध मानवसाङलो प्रदर्शन गरिएको हो । त्यसैगरी पर्यावरणको सुरक्षाको सन्देश दिनका समेत नेपाल र भारतका सरकारी अधिकारी र दुवैतर्फका स्थानीयले मानव साङलो प्रर्दशन गरेका हुन ।
सिरहाको खैरटोका नजिकैको सिमास्तम्भ (पिलर नम्बर ३४) को दशजगा क्षेत्रमा भारतको सिमावर्ती जनयनगर प्रखण्ड (प्रशासन)को आयोजनामा मानव साङलोको आयोजना गरिएको नेपाल–भारत मैत्री संघका अध्यक्ष सन्तोष अग्रवालले बताए ।
मानव साङलोमा भारतको जयनगर प्रखण्डका एसडिओ शंकरशरण ओमी, विहार पुलिसका डिएसपी सुमित कुमार, बेला ग्राम पञ्चायतका मुखिया मदन हजरा लगायत सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया