सिरहामा दलित जनमत संघ गठन

समाचार

10/22/2019

सिरहा, ५ कार्तिक । सिरहामा जनमत पार्टी निकट जिल्लास्तरीय दलित संघ गठन भएको छ ।

कारी राम पासमानको अध्यक्षता र जनता पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजकुमार त्यागीको विशिष्ट अतिथित्व र रघुबिर दासको प्रमुख अतिथित्वमा दलित संघ गठन भएको हो ।

साथै नगर संयोजक पटवारी मधेशी लगायतका उपस्थितिमा सन्तोष पासमानको संयोजकत्वमा २५ सदस्यीय जिल्ला दलित जनमत संघ गठन भएको छ ।

भेलामा जिल्लाबाट सयौंको संख्यामा दलित, अल्पसंख्यक, पिछडावर्ग, सिमान्तकृत वर्गहरूको अगुवा नेता तथा सर्वसधारणहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ