सिरहा : आगलागीमा दुई बालिकासहित तीनको मृत्यु

समाचार

3/24/2019

सिरहा, ९ चैत । सिरहाको छुट्टाछुट्टै स्थानमा शनिबार आगलागीहुँदा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाई गोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैले सलाई कोरेर आगो लगाएको हुन सक्ने स्थानीयले आशंका गरेको छ । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ ।

यसैगरी, सिरहाको कल्याणपुर नगरपालिका–७ भेडियो पूर्वारी टोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ