सिलाई कटाई तालिम सुरु

समाचार

11/18/2018

नेपालगञ्ज, १ मंसिर । विपन्न महिलाहरुका लागि नेपालगन्जमा ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श केन्द्र ले ४५ दिने सिपमुलक तालिम अन्तर्गत सिलाई कटाई तालिम शनिबारदेखि नेपालगञ्जमा सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वाड नम्वर ७ को सहकार्यमा सिलाईकटाई तालिम सुरु गरेको छ ।

सिलाईकटाई तालिमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वाड नम्वर नम्वर ७ का वडा अध्यक्ष जुमन खाँ अतिथिहरु, नेपालगन्ज उपमहानगरपालिका वाड नम्वर ७ वडा का सदस्य रेखा वर्मा, ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श केन्द्र का सचिव विजय त्रिपाठी,दिनेश ठाकुर , ग्रोथ प्लान स्वास्थ्य सेवा तथा परामर्श केन्द्रका निर्देशक सतिश पाठक लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ