सालको गोलिया काठसहित दुई जना पक्राउ

समाचार

6/4/2019

महोत्तरी, २० जेठ । महोत्तरी जिल्लाको गौशला नगरपालिका वडा नम्बर १२ स्थित कान्तिबजारतर्फ जाने बाटोको जंगलबाट एपीएफ टोली र वन व्यवस्थापन कार्यालयका कर्मचारीले करीव १७ क्यूफिट सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय उपेन्द्र शर्मा ठाकुर र २४ वर्षिय आशिष खाति छन् । उनीहरुलाई मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा तीन वटा सालको गोलिय काठसहित सशस्त्र प्रहरी बल, नेपाल राजमार्ग सुुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको एपीएफ टोली र वन व्यवस्थापन कार्यालयको कर्मचारीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद काठ तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लािग स्थानीय वन कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ