सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

समाचार

12/15/2018

पर्सा, २९ मंसिर । पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा शनिबार बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन मियाँको धान कुट्ने सेलरमिलामा आगलागी भएको हो ।

बिजुलीको तार सट भई बिहान २ बजेदेखि आगलागीे भएको प्रहरी चौकी महुवनले जनाएको छ ।

सेलरमिलमा भएको आगलागीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक जिवछकुमार शर्माले जानकारी दिए ।

उनले आगलागीमा परी मिलभित्र भण्डारण गरी राखिएको धान, ब्राण्ड, सेलरमेशिन, दमकल, मोटर र नगद रु ७० हजार जलेर नष्ट भएको बताए । आगलागीमा परी नौ लाखभन्दा बढीको धनमाल जलेको हुन सकिने प्रहरीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ