रुपन्देही, १३ चैत । भैरहवा भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्वचालित प्रविधिमार्फत सवारीसाधनको जाँच गर्ने प्रणाली लागू भएको छ ।
नयाँ सफट्वेयरमार्फत जाँच गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ । भन्सारमा सो प्रणाली लागू भएसँगै भैरहवा भन्सार प्रवेशद्वारबाट अब चौबीसै घण्टा मालवाहक गाडी भन्सार यार्डमा प्रवेश गर्नसक्ने छन् ।
सो प्रणाली लागू भएपछि अब कम्प्युटर प्रणालीबाट काम हुनेछ ।
तपाईको प्रतिक्रिया