स्वतन्त्र मधेश गठबन्धनका सहसंयोजक महतो पाँच कठ्ठा जग्गा धरौटीमा रिहा

समाचार

2/18/2019

काठमाडौं, ६ फागुन । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महतो पाँच कठ्ठा जग्गा धरौटी राखेर रिहा भएका छन् ।

विगत लामो समयदेखि कारागारमा रहेका सहसंयोजक महतोसँग दुई लाख पचास हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।

सोमबार नवलपरासीका एक स्थानीय श्रीकृष्ण यादवले आफ्नो पाँच कठ्ठा जग्गा धरौटीमा राखेर गठबन्धनका सहसंयोजक महतोलाई रिहा गराएका हुन् ।

गठबन्धनका सहसंयोजक महतोको रिहाई पनि नेता कार्यकर्ताहरुमा उत्साहको माहौल छाएको गठबन्धनका प्रवक्ता अब्दुल खानले मधेशवाणीलाई बताए ।

आफ्नो पाँच कठ्ठा जग्गा धरौटीमा राखेर रिहाइका लागि सहयोग गर्ने श्रीकृष्ण यादवलाई प्रवक्ता खानले विशेष धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ