स्वर्ण पदक बिजेता यादवलाई सम्मान

समाचार

3/27/2019

काठमाडौं, १३ चैत । नेपाल एथ्लेटिक्स सङ्घले हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी अजितकुमार यादवलाई सम्मान गरेको छ ।

सङ्घले मंगलबार एक कार्यक्रमको आयोजना गरी यादवलाई सम्मान स्वरुप टिभिएस मोटरसाइकल प्रदान गरेको हो । अजितले हङकङमा भएको उक्त च्याम्पियनसिपको तीन हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।

सङ्घका अध्यक्ष राजिव विक्रम शाहले विभिन्न समस्याका बाबजुत पनि अजितले नेपाललाई स्वर्ण दिलाएकोमा एथ्लेटिक्स सङ्घको मात्र नभई सिङ्गो नेपालको नाम उच्च भएको विचार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ