जनकपुरधाम, ४ चैत । हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक वितेजा अजितकुमार यादवलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने प्रदेश २ को सरकारले घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्ण पदक विजेता यादवलाई प्रदेश सरकारले रु ५००,००० सहित सम्मान गर्ने गर्ने निर्णय गरेको हो ।
सप्तरी राजविराजका यादवले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेका हुन् ।
बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो ।
हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन ।
अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन ।
तपाईको प्रतिक्रिया