बर्दिया, ३ मंसिर । बर्दिया र मोरङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका(२ रानीपुरस्थित पूर्बपश्चिम राजमार्गमा ना.४ ख ५३७५ नम्बरको बसले सोमबार बिहान साइकलयात्रीलाई ठक्कर दिंदा ठाकुरबाबा नगरपालिका-६ ठकुवा बस्ने बालकृष्ण थारुकी १४ वर्षीया छोरी निर्मला थारुको घट्नास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, मोरङ उर्लाबारी नगरपालिका(३ थापा चोकस्थित पूर्वपश्चिम राजर्मागमा को.१ ज २९२१ नम्बरको टाटासुमो गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने पैदलयात्री ५५ वर्षीय मनबहादुर राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया