नवलपरासी(पश्चिम), ३० बैशाख । रामग्राम नगरपालिका १६ बकेनवास्थित सडकमा लु.१ ख ७७११ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्रीसरावल गाउँपालिका ५ दुबौलिया बस्ने कम्लेश यादवको ९ वर्षीय छोरीप्रितीयादवको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै रामग्राम नगरपालिका १२ शान्तीचौरस्थित सडकमा ना.३२ प ९०१३नम्बर र ना.२९ प ५६४७ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ना.२९ प ५६४७ नम्बरको मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
ना.३२ प ९०१३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया