झापा, ५ कार्तिक । सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ ।
शिबसताक्षी नगरपालिका–७ शिवचोकस्थित सडकमा मे.२ प ३५३९ नम्बरको मोटरसाइकलले सोमबार बेलुका ठक्कर दिंदा गम्भीर घाइते भएका बुद्धशान्ति गाउँपालिका–३ बस्ने ४२ वर्षीय ईन्द्र बहादुर दंगालको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, कमल गाउँपालिका–३ कमलपुलस्थित सडकमा मे.१ ख ३०८७ नम्बरको बस अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार दमक नगरपालिका–८ बस्ने २६ वर्षीय शंकर पौदारलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
हाल फरार बस र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया