नवलपरासी(पूर्व), १९ जेठ । देवचुली नगरपालिका ३ सिजि नजिकै ना. ६ ख ६५२५ नम्बरको ट्रकले भे. ९ प २१४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
आइतबार बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार सुर्खेत बीरेन्द्रनगर नगरपालिका ६ बस्ने १७ वर्षीया दिया थापाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै स्कुटर चालक ३४ वर्षीया नन्दा थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया