रौतहट, १३ माघ । मानवीय कमजोरीको कारण प्रदेश २ मा अन्य प्रेदशको तुलनामा सवारी दुर्घटना बढ्दै गएको बताइएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुस महिनाभित्र विभिन्न जिल्लामा भएको पांचसय २७ सवारी दुर्घटनामा परेर दुई सय ४१ जनाको मृत्यु भएको छ ।
प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले दुर्घटनाहरुमा परेर सात सय ८८ जना गम्भिर घाईते भएको जानकारी दिएका छन् ।
दुर्घटनाहरुमा सबभन्दा बढी ट्रक, ट्रयाक्टर र मोटरसाइकल रहेको एसपी महतोले बताएका छन् । दुई सय ५४ चालकको लापरवाही, दुई सय दुई तिब्रगती, १६ ओभरलोड, १२ मापसे, आठ यात्रुको गल्ती, १६ सडक गडबडी, १० सडकको अवस्था, चार मौसमको कारण र एक चौपायाको कारण ६ महिना भित्र सो दुर्घटना भएको हो ।
तीव्रगतिमा चलाउने मोटरसाईकल चालकले हेल्मेट प्रयोग नगर्ने, ट्रक र ट्रयाक्टर पनि तीव्रगतिका कारण अत्यधिक दुर्घटना हुने र दुर्घटनामा परेर मृत्यु हुने तथा गम्भिर प्रकृतिको घाइते हुनेगरेको उनको भनाई छ ।
त्यसैगरी, मानवीय कारणमा ट्रयाक्टरको पछाडी नम्बर प्लेट नहुनु, हाल दिनभरी हस्ुसु लाग्नु, लागुपदार्थ सेवन, सवारी अनुमतिपत्र नहुनु, जनचेतनाको अभाव पनि दुर्घटनाको अर्को कारण रहेको एसपी महतो बताउँछन् ।
तपाईको प्रतिक्रिया