बाँके, ६ जेठ । विपन्न परिवारलाइ आर्थिक रुपले सवल बनाउन बाख्रा र कुखुराको चल्ला वितरण गरिएको छ । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको राप्ती सोनारी गाँपालिकाको वडा नम्बर ७ का विपन्न २० परिवारलाई आयआर्जनका लागि साढे नौै लाख रुपैयाँको बाख्रा र कुखुरा चल्ला वितरण गरिएको हो ।
कतार च्यारिटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको जिविको पार्जनका लागि साना किसान सहायता परियोजना अन्र्तगत कुखुरापालन र बाख्रापालनका लागि सो सहयोग प्रदान गरिएको हो ।
१२ विपन्न परिवारलाई कुखुरापालन सहायताअन्र्तगत प्रतिपरिवार सय वटा कुखुराका चल्ला, खोर निमार्णका लागि पाँचथान जस्तापाता, एक कण्डल जाली र पानी खानका लागि दुई ड्रम र पाँच बोरा दाना वितरण गरियो भने ८ परिवारलाई बाख्रा पालनका लागि ५ वटा बाख्रा र दुईथान जस्ता पाता वितरण गरिएको छ ।
कुखुरा पालन प्रति परिवार ४० हजार र बाख्रा पालनका लागि प्रतिपरिवार ५५ हजार रुपैयाँ बराबरको कुखुराका चल्ला, बाख्रा , जस्तापाता र दानाको सहयोग प्रदान गरिएको हो ।
तपाईको प्रतिक्रिया